Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

मंगलवार , आषाढ १७, २०८२

नवलपरासी । नवलपरासीको महेशपुर भन्सार कार्यालयले झण्डै ५० लाख रुपैयाँ बराबरको चिनी खाल्डोमा पुरेर नष्ट गरेको छ। उपभोगका लागि अयोग्य ठहर गरिएको ६२७ क्विन्टल चिनी मंगलबार स्थानीय झरही खोलानजिक खाल्डो खनेर नष्ट गरिएको हो ।

उक्त चिनी २०७८ साल असार महिनामा पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानबाट बरामद गरिएको थियो । तर, चार वर्षसम्म उचित व्यवस्थापन हुन नसक्दा गोदाममै कुहिएर सडेको चिनी अन्ततः नष्ट गर्नुपरेको हो ।

खाद्य आयातरनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बेलहियाले चिनीका बोराहरूमा लेबल र सिल नहुँदा उपभोग अयोग्य भएको प्रमाणित गरेपछि लिलामी प्रक्रियामा जान नपाएको भन्सारले जनाएको छ।

कानुनी रूपमा प्रयोग गर्न नमिल्ने देखिएपछि त्यसलाई नष्ट गर्नु परेकोमहेशपुर भन्सार कार्यालयका नायब सुब्बा लेखनाथ भण्डारीले जानकारी दिए।

उनका अनुसार, ५० केजीका २ हजार बोरा चिनी खाल्डोमा पुर्ने निर्णय गरिएको थियो। बजार मूल्यका आधारमा सो चिनीको मूल्य ५३ लाख २९ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। तर, भन्सार मूल्यांकनअनुसार प्रति केजी ६४ रुपैयाँ दरले कुल ४० लाख १२ हजार रुपैयाँको चिनी नष्ट गरिएको हो।

चार वर्षसम्म भन्सारका प्रमुखहरू पटक–पटक फेरिँदा पनि चिनी हटाउने जिम्मेवारी कसैले नलिँदा गोदाममै चिनी सडेर रस निस्कन थालेको थियो । त्यसले गोदामको भौतिक संरचना बिगार्नुका साथै दुर्गन्ध फैलाएर वरपरका स्थानीयबासीसमेत हैरान भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077