Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै ५० हजार असुली, दुईजना पक्राउ

हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै ५० हजार असुली, दुईजना पक्राउ

बुधवार , आषाढ १८, २०८२

दाङ । प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ५० हजार रुपैयाँ असुलेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजारका ४३ वर्षीय कृष्णबहादुर थारू र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ इन्द्रपुरकी ३४ वर्षीया मुना चन्द रहेका छन्।

थारू र चन्दले हिरासतमा रहेका व्यक्तिका परिवारसँग 'मुद्दा मिलाइदिन्छौं' भन्ने नाममा रकम असुलेको प्रहरीले जनाएको छ । उनीहरूले ‘प्रहरी प्रशासन मिलाउनुहोस्, नत्र तपाईंको मान्छे जेल जान सक्छ’ भन्ने धम्की दिँदै ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार, अभद्र व्यवहारको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाई पैसा असुलेको पाइएको छ ।

उनीहरूलाई अदालतबाट म्याद लिई आपराधिक लाभ उठाई रकम असुली (एक्सटर्सन) को कसुरमा अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077