Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपाली सेनाको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम सकियो

नेपाली सेनाको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम सकियो

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको १३ औं समूहको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम आज सकिएको छ ।

नेपाली सेनाका मुलुकभित्र सञ्चालन हुने माथिल्ला अधिकृत सम्मिलित उक्त तालिमको प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरेका हुन् ।​

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सैनिक वार कलेजमा सञ्चालित गत फागुन २२ गतेदेखि सञ्चालन भएको महासेनानी दर्जा दर्जाका अधिकृत सहभागी तालिममा दुई महिलासहित ३५ जना शिक्षार्थीको सहभागिता रहेको थियो ।

तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम भएका छन् भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077