Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

संवैधानिक नियुक्ति बहुमतले सदर, प्रधानन्यायाधीश अल्पमतमा

संवैधानिक नियुक्ति बहुमतले सदर, प्रधानन्यायाधीश अल्पमतमा

बिहिवार , आषाढ १९, २०८२

काठमाडौँ । सर्वोच्च अदातलले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको सदर गरेको छ ।

मध्यरातमा पाँच जनाको इजलासमा तीन न्यायाधीशले नियुक्तिलाई सदर गरेका हुन् । दुई न्यायाधीशले नियुक्ति बदर हुनुपर्ने राय राखेका थिए ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले बदर हुनुपर्ने मत राखेका थिए ।

न्यायाधीश सपना प्रधान मल्ल,कुमार चुँडाल र मनोज कुमार शर्माले रिट खारेजीको पक्षमा राय दिएका थिए । सर्वोच्चको यो फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077