Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो ।

उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।

एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।

सामाजिक सञ्जालबाट प्रोफाइल सार्वजनिक गरेर पनि नभएको भन्दै एलिनाले नीजि जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध सोमबार साइबर ब्यूरो पुगेर चार जनाविरूद्ध उजुरी दिएकी थिइन् ।

उनले बुधबार साँझ केही मान्छेहरूले नराम्रो प्रतिक्रिया गर्दैमा आफू कमजोर नहुने बताएकी थिइन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत उनले भनेकी थिइन्–‘बाँच्नुभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे हो, के लाग्छ– २/४ वटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ? तिमीहरूले मलाई सखाप पार्न भनेर फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ ।’

[caption id="attachment_354791" align="alignnone" width="1000"] गुञ्जन राई[/caption]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077