Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सहायक रथि खड्का र मेजर कार्की भ्रष्टाचार आरोपमा बर्खास्त, २ करोड २१ लाख असुल गर्न आदेश

सहायक रथि खड्का र मेजर कार्की भ्रष्टाचार आरोपमा बर्खास्त, २ करोड २१ लाख असुल गर्न आदेश

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा भएको करोडौं रुपैयाँ अपचलन प्रकरणमा संलग्न ठहर गर्दै सैनिक विशेष अदालतले सहायक रथि रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ ।

नेपाली सेनाका अनुसार सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा दोषी ठहर गर्दै उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो ।

सैनिक अदालतले सेनाको कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बीमा शाखामा कार्यरत रहँदा खड्का र कार्कीले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा अनियमित रूपमा खर्च गरेको ठहर गरेको छ ।

अदालतको फैसलामा अपचलन भएको उक्त रकम उनीहरूबाट असुल उपर गर्नुपर्ने आदेशसमेत गरिएको छ ।

अदालतले सेनाबाट जमदार पदबाट अवकाश लिएका आत्मराम थापा र सेनानी पदबाट अवकाश भएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ। उनीहरू समेत मिलेमतोमा भ्रष्टाचारमा संलग्न भएको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077