Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप : ४ राउण्ड हवाई फायर, ६ प्रहरी घाइते

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप : ४ राउण्ड हवाई फायर, ६ प्रहरी घाइते

शुक्रवार , आषाढ २०, २०८२

धनुषा । भारतसँग सीमा जोडिएको धनुषाको दुहबीमा गएराति तस्कर र सशस्त्र प्रहरी बलबीच झडप भएको छ ।

तस्करीको सामान नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि स्थानीयको साथमा रहेका तस्करले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो।

सशस्त्र प्रहरी बलका एसपी निर्मल खड्काका अनुसार तस्करी गरिएको मालसामान राखिएको सूचना पाएपछि दुहबीस्थित एक घरमा छापा मार्न गएका प्रहरीलाई तस्कर र स्थानीयको समूहले प्रतिरोध गरेको थियो ।

आत्मरक्षाका लागि प्रहरीले १२ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गर्नु परेको एसपी खड्काले जानकारी दिए ।

आक्रमणमा परी ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077