Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले यही असार १३ गते बढुवा भएका उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि उनले उपत्यका पृतनामा निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077