Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

अब बैंकमा पनि पूर्वयोग्यता परीक्षा

अब बैंकमा पनि पूर्वयोग्यता परीक्षा

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । लोक सेवा आयोगले सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने भएको छ ।

आगामी असोज महिनामा पथप्रदर्शी ‘पाइलट’ परीक्षाका रूपमा तीन वटा सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ ।

आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले एक पटक पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेपछि प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित सङ्गठित संस्थाबाट हुने सम्बन्धित सेवा, समूह, समूहका पद, श्रेणी वा तहमा दरखास्त पेस गर्नका लागि सम्भाव्य उम्मेदवार भई खुला प्रतियोगितात्मक विषयगत लिखित परीक्षा दिन पाउने योग्य हुने बताइन् ।

पथप्रदर्शी एकीकृत पूर्वयोग्यता परीक्षा अन्तर्गत नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कको अप्राविधिकतर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने छ ।

आयोगका उपसचिव एकनारायण शर्माका अनुसार तीन वटै संस्थाको पूर्वयोग्यता एकीकृत परीक्षाका लागि असोज पहिलो साता दरखास्त आह्वान गरिने छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077