Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माग सम्बोधन नगरिए साउन २९ देखि आन्दोलन गर्ने प्याब्सनको चेतावनी

माग सम्बोधन नगरिए साउन २९ देखि आन्दोलन गर्ने प्याब्सनको चेतावनी

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनका पदाधिकारीले यस्तो माग गरेका हुन् ।

उनीहरूले पूर्ण छात्रवृत्ति भन्ने शब्द पनि विधेयकबाट हटाइनुपर्ने बताएका छन् । हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति प्रावधानलाई निरन्तरता दिइनुपर्ने उनीहरूको माग छ ।

छात्रवृत्तिअन्तर्गत भर्ना, वार्षिक र मासिक पढाइ शुल्क कायम हुनुपर्ने प्याब्सनले माग गरेको छ ।

पत्रकार सम्मेलनमा प्याब्सनका महासचिव आरबी कटुवालले यही साउन २८ गतेभित्र आफूहरूका मागहरू सम्बोधन गरी विधेयकमा संशोधन गर्न ‘अल्टिमेटम’ दिए ।

उनले त्यसो नगरिएमा साउन २९ देखि आन्दोलन गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077