Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा–बहिनी इजरायल प्रस्थान

विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा–बहिनी इजरायल प्रस्थान

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनीहरु फ्लाइ दुबईको विमानमार्फत सोमबार बिहान इजरायल प्रस्थान गरेका हुन् ।

इजरायल सरकारले विपिनको रिहाइ अभियानलाई सशक्त बनाउन उनीहरूलाई त्यहाँ लगेको हो । विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

वि.सं २०८० असोज २० गतेदेखि उनी परिवारसँग सम्पर्कविहीन छन् । हमास आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077