Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलाली कारागार घटना : राजेन्द्र महतो नेतृत्वको पार्टीद्धारा गृहमन्त्रीको राजीनामा माग

कैलाली कारागार घटना : राजेन्द्र महतो नेतृत्वको पार्टीद्धारा गृहमन्त्रीको राजीनामा माग

सोमवार , श्रावण २६, २०८२

काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागार घटनाको जिम्मा लिँदै गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ ।

मुक्ति पार्टीले झडपमा परेर भरत चौधरी मृत्यु हुनुका साथै ४८ जना कैदीबन्दी घाइते भएको घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकलाई राजीनामा दिन माग गरेका हुन् ।

पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्- 'कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासीनताले एउटा जीवन समयअगावै समाप्त भयो । राज्यको सुरक्षा नियन्त्रण भित्र यसरी मृत्यु हुनु सामान्य घटना होइन। सुरक्षा संयन्त्रको नियन्त्रणमा पनि नागरिक सुरक्षित नहुने अवस्था गृह प्रशासनको चरम लापरबाहीको रूपमा लिएका छौँ ।'

पार्टीले देशभरका कारागारहरूमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसारको सुधार तत्काल सुरु गर्न समेत माग गरेको छ ।

गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीहरूको दुई समूहबीच भएको हिंसात्मक झडपमा भरत चौधरीको असामयिक निधन भएको थियो भने ४८ जना घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077