Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ट्रक भिरबाट खस्दा चालकको घटनास्थलमै मृत्यु

ट्रक भिरबाट खस्दा चालकको घटनास्थलमै मृत्यु

बिहिवार , श्रावण २९, २०८२

कालीकोट । कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेखका मानबहादुर सारु मगर रहेका छन्।

जिल्लाको खाँडाचक्र नगरपालिका-२ थामकोटमा भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परेको हो।

बुधबार राति नेपालगन्जबाट खाद्यान्नसहित ग्याँस तथा सिमेन्ट बोकेको ट्रक सडक भासिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

टायरमा ढुङ्गा ओट लगाउन गएका सहचालक भने सकुशल रहेका छन्।

उनी ट्रकबाट झरेको बेला ट्रक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077