Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पर्यटन विभागका निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पर्यटन विभागका निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सि‍डि‍ई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत थिए ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक स्रोतबाट पुष्टि नभएको करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति आर्जन भएको प्रमाणित भएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको छ ।

सो अवधिमा यादव र परिवारको नाममा जम्मा दुई करोड ६८ लाखभन्दा बढीको आय देखिए पनि खर्च तथा लगानी रकम तीन करोड ६५ लाखभन्दा बढी पुगेको र स्रोत नखुलेको सम्पत्ति पाइएको आयोगले जनाएको छ ।

त्यसैले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो असुल उपर जरिवाना, गैरकानुनी सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा पनि सजायको माग दाबी गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077