Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तनहुँको डुम्रेमा बस र माइक्रो ठोक्कियो

तनहुँको डुम्रेमा बस र माइक्रो ठोक्कियो

बिहिवार , श्रावण २९, २०८२

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रेमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

जिल्लाको बन्दिपुर गाउँपालिका-४, फुलढुङ्गास्थित डुम्रे नजिकै भएको उक्त दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार, काठमाडौंबाट दमौलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बस एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ।

अन्य ९ जना घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी ले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077