दार्चुला । दार्चुलामा भएको जीप दुर्घटनामा गम्भीर घाइतेमध्ये एक महिलाको मृत्यु भएको छ ।
आज बिहान नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सामान्य घाइते ११ जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको प्रहरीले बताए।
जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ ।