काठमाडौं । वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा थेवे रहेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट बुधबार पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनी १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।