Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

बिहिवार , भाद्र ५, २०८२

गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुईजनाको मृत्यु भएको छ ।

चुमनुब्री गाउँपालिका–६, धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो ।

चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एकसय मिटर तल स्यारखोलामा खसेर उनीहरूको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए ।

रिञ्जिनको शव हिसेदोर्जेले भेट्टयाएका थिए । उनको शव लिएर खोलातर्फ जाने क्रममा बिहीबार बिहान ९ बजेतिर सोही ठाउँबाट खसेर हिसेदोर्जेको मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077