Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मन्त्री पालको सचिवालयले भन्यो - खगेन्द्र सुनारले जातिय सद्भाव खल्बल्याउन खोजे, कानुनी प्रक्रिया अघि बढ्छ

मन्त्री पालको सचिवालयले भन्यो - खगेन्द्र सुनारले जातिय सद्भाव खल्बल्याउन खोजे, कानुनी प्रक्रिया अघि बढ्छ

बिहिवार , भाद्र ५, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवम् बैतडी क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र बहादुर पालबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण टिप्पणी आएको भन्दै उनको सचिवालयले कडा आपत्ति जनाएको छ ।

आफूलाई दलित अभियन्ता भनेर परिचय दिने खगेन्द्र सुनारले बिहीबार आफ्नो फेसबुक आइडीमार्फत मन्त्री पालमाथि सामाजिक सद्भाव खल्बल्याउने खालका तथ्यहीन र कपोलकल्पित आरोपसहितको स्टाट्स लेखेका थिए ।

सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्ता टिप्पणी पूर्णरूपमा असत्य रहेको स्पष्ट गरेको हो । विज्ञप्तिमा भनिएको छ, “वर्गलाई अधिकार र जातिलाई सम्मान गर्ने नेकपा एमालेको मूल ध्येयलाई आत्मसात गर्दै विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहेका मन्त्री पालविरुद्ध गरिएका भ्रामक गतिविधिको घोर भर्त्सना गर्दछौं।”

सचिवालयका अनुसार मन्त्रालयको कार्यव्यस्तताका कारण असार २८ गतेदेखि मन्त्री पाल धनगढी र काठमाडौंमा मात्र रहेका छन् । उनले पालमाथि लगाइएको आरोपलाई निराधार भन्दै यसलाई चरित्रहत्या गर्ने प्रयासको संज्ञा दिएका छन्।

यस्तै, सामाजिक तथा जातीय सद्भावलाई खल्बल्याउने उद्देश्यसहित गरिएको भ्रामक प्रचारलाई गम्भीर रूपमा लिएर नेपाल प्रहरीको साइबर सेलमा उजुरी दर्ता गराइएको र कानुनी प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077