Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका कँडेललाई रास्वपाले गर्‍यो निलम्बन

नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका कँडेललाई रास्वपाले गर्‍यो निलम्बन

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीबाट निलम्बन गरिएको छ।

रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पत्र पठाएर कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जनाएका छन्।

आयोगका प्रमुख रिमालले कँडेललाई पठाएको पत्रमा लेखिएको छ- 'हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्‍याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं ।'

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ मा बस्न जाने क्रममा ठूलो मात्रामा त्रिभुवन विश्वविद्यालय सहित समेतको गरी विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको थियो।

त्यस्तै विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद भएका थिए।

यसै गरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्क सिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला पारेको थियो।

बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको थियो

प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका कंडेल चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका र त्यसैको माध्यमबाट नक्कली शैक्षिक प्रमाणपत्रको बनाउने र कारोबार गर्ने गरेको खुलेको छ।

कँडेल यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077