Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आशिका तामाङले जेल बस्नु पर्छ ?

आशिका तामाङले जेल बस्नु पर्छ ?

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । आशिका तामाङले जेल बस्नु नपर्ने भएको छ । भक्तपुर प्रहरीका अनुसार उनले पहिले नै पाँच दिन हिरासतमा बिताइसकेकाले थप जेल बस्न नपर्ने भएको हो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गर्न नहुने अभियोगमा तामाङसहित दुईजनालाई बिहीबार पाँच दिनको कैद सजाय सुनाएको थियो ।

साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको भन्दै तामाङले त्यहाँ रहेको सूचना च्यातेकी थिइन् । त्यही विषयमा उनीविरुद्ध मुद्दा परेको थियो ।

सोही मुद्दाको फैसला गर्दै अदालतले तामाङ र शरण तिरुवालाई पाँच–पाँच दिनको कैद सजाय सुनाएको थियो । साथै दुवै जनालाई पाँच सय जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077