Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित गरेको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले विधेयकमा सांसदहरूका ७० प्रतिशत संशोधन समेटिएको बताए ।

अधिकारीले विधेयक सुकुम्बासी, अव्यवस्थितलाई जग्गा दिन ल्याइएको बताए ।

सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । तर, राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि उही प्रावधानसहित विधेयक ०८२ वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

कृषि समितिले ०८२ भदौ ५ गते पारित गरी प्रतिनिधिसभा पठाएको थियो । विवादले घेरिएको विधेयक सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूको संशोधन समेटिएपछि समितिबाट पास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077