एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासलाई आगामी महिना न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन रोक लगाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले अब्बास र अन्य ८० प्यालेस्टिनी अधिकारीहरूको भिसा खारेज भएको पुष्टि गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरूलाई शान्ति प्रयासहरूलाई कमजोर बनाएको र काल्पनिक प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता खोजेको आरोप लगाएका छन् ।
यो निर्णयलाई इजरायलले स्वागत गरेको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गर्न चाहने सबै देशका अधिकारीहरूको यात्रालाई सहज बनाउनुपर्ने नियम छ ।
अमेरिकाको यो कदम त्यस्तो बेला आएको छ जब फ्रान्सले महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गरिरहेको छ । यो प्रयासलाई डोनाल्ड ट्रम्प प्रशासनले विरोध गरेको छ ।