Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रचण्डलाई बालेनको झटारो - हजुर पीएम हुँदा म मेयर नै थिए, काम हजुरबाट पनि भएन कमरेड !

प्रचण्डलाई बालेनको झटारो - हजुर पीएम हुँदा म मेयर नै थिए, काम हजुरबाट पनि भएन कमरेड !

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल बन्दको विषयमा व्यङ्ग्य गर्दै कटाक्ष गरेका छन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि प्रचण्डले फेसबुकमार्फत युवाहरूको आन्दोलनलाई “स्वाभाविक” भनेका थिए । तर, त्यसकै टिप्पणीमा मेयर बालेनले प्रचण्डको विगत सम्झाउँदै व्यङ्ग्य प्रहार गरेका हुन् ।

बालेनले लेखेका छन्, “एकादेशमा टिकटक पनि ब्यान भएको थियो । हजुर पीएम हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन कमरेड। मेरो लागि एक दिन दिएको भए म काठमाडौंको खोला नाला फेरिदिन्थे ।”

यसअघि प्रचण्डले आफ्नो स्टाटसमा सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत भएको बताउँदै, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहारविरुद्ध युवाहरूले गर्ने प्रदर्शन स्वाभाविक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077