Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विराटनगरमा जेनजी आन्दोलन : ढुंगामुढामा प्रहरी इन्स्पेक्टर घाइते, प्रदर्शन अझै चर्कियो

विराटनगरमा जेनजी आन्दोलन : ढुंगामुढामा प्रहरी इन्स्पेक्टर घाइते, प्रदर्शन अझै चर्कियो

सोमवार , भाद्र २३, २०८२

विराटनगर । विराटनगरमा जेनजी पुस्ताले गरेको प्रदर्शन उग्र बनेपछि प्रहरी–प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर अप्रिल चापागाईं ढुंगाले लागेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले चापागाईंको अनुहारमा चोट लागेको हो। उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको छ ।

घटना विराटनगरको रोडशेष चोकमा भएको हो । प्रदर्शनकारी कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोजेपछि प्रहरीले ब्यारिगेट लगाएर रोक्ने प्रयास गरेको थियो । रोकावटपछि आक्रोशित बनेका प्रदर्शनकारीले ढुंगामुढा सुरु गरेका थिए। त्यसलगत्तै प्रहरीले पनि सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर बनाएको थियो।

विराटनगर बजारभित्र प्रदर्शन चर्कँदै गए पनि अन्य स्थानको तुलनामा हालसम्म प्रदर्शन तुलनात्मक रूपमा शान्तिपूर्ण रहेको सुरक्षाकर्मीहरूले बताएका छन्। सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077