Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मानव अधिकार आयोगको निष्कर्ष - जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग ‘दुखद’

मानव अधिकार आयोगको निष्कर्ष - जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग ‘दुखद’

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको गोलीसहितको बल प्रयोगले ठूलो जनहानि भएपछि राष्ट्रिय मानव अधिकार आयोगले यसलाई दुखद र गम्भीर घटनाको संज्ञा दिएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै नागरिकका उचित आवाजलाई समयमै सम्बोधन नगरेर सरकार गम्भीर गल्तीमा परेको निष्कर्ष निकालेको हो ।

आयोगको विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक सरकारले नागरिकका विमतिका आवाजलाई समयमै पहिचान गरी यथोचित सम्बोधन गर्नुपर्दछ।” आयोगले माइतीघरबाट सुरु भई बबरमहल हुँदै नयाँ बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रयोग गरेको अनुगमनमा देखिएको जनाएको छ।

आयोगका अनुसार, प्रहरीको गोली लागी दर्जनभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आयोगले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077