Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राप्रपाले भन्यो - अब ओली सरकार विघटन गर्नुपर्छ

राप्रपाले भन्यो - अब ओली सरकार विघटन गर्नुपर्छ

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार विघटन गर्न माग गरेको छ ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपादेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको हो ।

आन्दोलमा सरकारले गरेको दमनबाट कम्तीमा २० युवा मारिएपछि आकस्मिक रूपमा बसेको राप्रपा बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारको उपादेयता सकिएको ठहर गरेको हो ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ। तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ।’

सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाले ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077