Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

निरंकुश सरकारको औचित्य समाप्त भयो, कांग्रेसले सत्ता छाड्नुपर्छ : शेखर कोइराला

निरंकुश सरकारको औचित्य समाप्त भयो, कांग्रेसले सत्ता छाड्नुपर्छ : शेखर कोइराला

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य समाप्त भएको प्रतिक्रिया दिएका छन् ।

चीन भ्रमणमा रहेका डा. कोइरालाले सामाजिक सञ्जालमार्फत सोमबार देशभरि भएको जेनजी प्रदर्शनको घटनाप्रति आफ्नो गहिरो दुःख व्यक्त गर्दै सरकारप्रति कडा प्रतिक्रिया दिएका हुन् ।

डा। कोइरालाले भने, “प्रिय जेनजी साथीहरू, आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजले पनि गर्न सक्दैन। जनताप्रति अनुत्तरदायी, आवाज सुन्न नसक्ने निरंकुश सरकारले हातमा किताब कापी बोकेर आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला विद्यार्थीमाथि बर्बरता ढंगबाट गोली प्रहार गरेको छ। त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन।”

उनले नागरिक हत्याले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै त्यसका लागि श्रद्धाञ्जलीका शब्द पर्याप्त नभएको बताए। “प्रियजनहरूको हत्याले मलाई मर्माहत बनाएको छ। श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपूरणीय क्षतिमा मलम लगाउन सक्दैन। तपाईंहरूका माग समय सापेक्ष र जायज छन्। आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादभन्दा अरु के होला ?” उनले थपे।

डा। कोइरालाले भ्रष्टाचारविरुद्धको आवाज दमन गरेको घटनालाई वर्तमान सरकारको औचित्य समाप्त हुने प्रमुख कारणको रूपमा उल्लेख गरे। “आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको छ। तपाईं हामी मिलेर देशका हरेक समस्याको विधिसम्मत समाधान खोजौँ।”

उनले देशभरि युवाहरू र जनताको आवाज दबाउने कदमप्रति कडा आपत्ति जनाउँदै लोकतन्त्रको संरक्षण गर्न र समय सापेक्ष माग पूरा गर्न सबैसँग आह्वान पनि गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077