Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हिमेश पन्तको आक्रोश : बालेन, राति स्टाटस हालेर मात्र हुँदैन, मेयरबाट राजिनामा देऊ

हिमेश पन्तको आक्रोश : बालेन, राति स्टाटस हालेर मात्र हुँदैन, मेयरबाट राजिनामा देऊ

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । चर्चित कमेडियन हिमेश पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाका सांसदहरूलाई तत्कालै राजिनामा दिन आग्रह गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पन्तले कडा शब्दमा यस्तो आग्रह गरेका हुन् ।

उनले आफ्नो स्टाटसमा प्रमुख शाहप्रति प्रश्न उठाउँदै लेखेका छन्, “बालेनको पारा के हो के ? राति साढे ११ बजे एउटा स्टाटस हालेर मात्र हुन्छ र अब ?” र थप्दै, “बालेन तिमी मेयरबाट राजिनामा देऊ। Take Leadership.. Unite All.. Punish the Murderers!''

पन्तले रास्वपाका सांसदहरूलाई पनि सांसद पदबाट राजिनामा दिएर स्पष्टता देखाउन आग्रह गरे । उनले भने, “हत्याराहरूको छेउमा बस्न सुहाउँदैन। वैकल्पिक सबै मिलेर जनआन्दोलनको तयारी गर्नुस् । हत्यारालाई जेल पुर्‍याउनुस् ।”

गम्भीर टिकाटिप्पणी गर्दै पन्तले अब आन्तरिक साहस देखाउनुपर्ने समय आएको भन्दै, “यो समयमा पनि आण्ट नगर्ने हो भने केका मसिन ८४ ?”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077