Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएको छु : प्रधानमन्त्री ओली

मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएको छु : प्रधानमन्त्री ओली

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति झन् बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा बुझाएका हुन्।

मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि भन्दै प्रधानमन्त्रीले राजीनामा दिएका हुन्।

ओलीले राष्ट्रपतिलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ–‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७(१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधामन्त्री पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077