Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२० दिने लामो बिदापछि आज अदालतमा हाजिर भइन् न्यायाधीश सपना प्रधान

२० दिने लामो बिदापछि आज अदालतमा हाजिर भइन् न्यायाधीश सपना प्रधान

सोमवार , जेठ २५, २०८३

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिने लामो बिदापछि आज इजलास फर्किएकी छन्।

प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै बिदा बसेकी मल्ल सोमबार अदालतमा हाजिर भएकी हुन्। 

सोमबार सर्वोच्च अदालतमा हाजिर भएकी मल्लले आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने भएकी छन्।  न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएका छन।

यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

तर, संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन्। 

शर्माको शपथ ग्रहण समारोहमा मल्ल सहभागी पनि भएकी थिइनन् ।

सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077