Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

'प्रधानन्यायाधीश शर्माको शपथ समारोहमा पनि थिइनन् सहभागी'

बुधवार , जेठ ६, २०८३

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् । 

प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि मल्ल बिदामा बसेकी हुन् ।

यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

तर संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ डा। मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन्। ।

डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

नयाँ प्रधानन्यायाधीशमा शर्माको नियुक्तिसँगै कायममुकायम खोसिएकी वरिष्ठतम् न्यायाधीश मल्ल २० दिने बिदामा बसेकी हुन् । 

मल्लले आजैदेखि नै लागू हुने गरी बिदाका लागि निवेदन छोडे पनिस्वीकृत भइसकेको छैन । 

अब प्रधानन्यायाधीश डा. शर्माले उनको निवेदनबारे निर्णय लिने छन् । 

प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा न्यायाधीश मल्ल सहभागी भएकी थिइनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077