Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मुख्यसचिवदेखि प्रधान सेनापति र आईजीपीहरुसहितको संयुक्त अपील–संवादबाट समाधान खोजौं

मुख्यसचिवदेखि प्रधान सेनापति र आईजीपीहरुसहितको संयुक्त अपील–संवादबाट समाधान खोजौं

मंगलवार , भाद्र २४, २०८२

काठमाडौ । मुलुकभर भइरहेको आन्दोलन र त्यस क्रममा भएको जनधनको क्षतिपछि नेपाल सरकारका उच्च अधिकारीहरूले संयुक्त अपील जारी गरेका छन्।

मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

अपिलमा भनिएको छ–‘यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं।’

उच्च अधिकारीहरूले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको भन्दै राजनीतिक संवादमार्फत छिटो समाधान खोज्न सबै दल र सरोकारवालालाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077