Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सिंहदरबार पुनर्निर्माणका लागि भन्दै तरकारी बेचेर सरकारलाई एक लाख सहयोग

सिंहदरबार पुनर्निर्माणका लागि भन्दै तरकारी बेचेर सरकारलाई एक लाख सहयोग

मंगलवार , भाद्र ३१, २०८२

अर्घाखाँची । अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले सिंहदरबार पुनर्निर्माणका लागि एक लाख एक सय रुपैयाँ हस्तान्तरण गरेका छन्।

मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची पुगेर अधिकारीले सो रकम हस्तान्तरण गरेका हुन्।

उनले सिंहदरबार जल्दा आत्मा जलेको भन्दै खुर्सानी, टिमुर, काँक्रालगायतका तरकारी बेचेर जम्मा गरेको रकम ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै सरकारलाई सहयोगस्वरूप १ लाख १ सय रुपैयाँ बुझाएका छन्।

खोटाङमा जन्मेका अधिकारी हाल अर्घाखाँचीको सीतापुरमा व्यवसायिक कृषि गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077