काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन् ।
दक्षिण कोरिया रहेका शाक्यले मंगलबार बधाई दिएका हुन् ।
फेसबुकमा उनले लेखेका छन्- 'ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ। सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण उर्जा क्षेत्रकै सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।'
घिसिङ प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हुन्। उनले शाक्यलाई अन्यत्रै पदस्थापन गरेर दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्ति पाएका थिए। त्यसको साढे पाँच महिनापछि घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेका हुन् ।