Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२ः०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि जेनजी समूहको प्रस्ताव सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077