Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

बुधवार , आश्विन १, २०८२

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ ।

बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077