एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया मंगलबार राति बेलायत भ्रमणमा पुगेका छन् । विन्डसर क्यासल (राज दरबार) मा प्रिन्स विलियम र प्रिन्सेस केट मिडलटनले उनीहरूलाई स्वागत गरेका छन् ।
त्यसपछि ट्रम्पले राजदरबारमा राजा चार्ल्स र क्विन क्यामिलियालाई भेटे । ट्रम्प राजा चार्ल्ससँगै उनको विशेष स्वर्ण रथमा सयर गरे भने मेलानिया क्विन क्यामिलियासँगै अर्को रथमा सवार थिइन् ।
ट्रम्पको सम्मानमा सेन्ट जर्ज हलमा रात्रिभोजको आयोजना गरिनेछ । अमेरिकी राष्ट्रपतिले त्यसपछि क्विन एलिजाबेथको चिहानमा गएर उनलाई श्रद्धाञ्जली अर्पण गर्नेछन् । विगत ६ महिनामा ट्रम्पको यो दोस्रो बेलायत भ्रमण हो ।
अमेरिकाबाट प्रस्थान गर्नुअघि ट्रम्पले यो भ्रमण आफूलाई सम्मानको कुरा भएको र बेलायतसँग आफ्नो सम्बन्ध धेरै राम्रो रहेको बताएका थिए ।