Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आगजनीपछि सर्वोच्चमा पहिलोपटक इजलास बस्दै

आगजनीपछि सर्वोच्चमा पहिलोपटक इजलास बस्दै

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि ध्वस्त भएको सर्वोच्च अदालतमा बिहीबार पहिलोपटक इजलास बस्ने भएको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर इजलास बस्ने भएको हो ।

सर्वोच्चमा इजलास नौ दिनपछि लागेको छ। यस दिन बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने गरी दुई इजलास बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ । सपना मल्ल प्रधान र कुमार रेग्मीको अलग-अलग इजलासमा २ वटा निवेदनमाथि सुनुवाइ हुनेछ। दुवै इजलास एकल हुनेछन् ।

हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठुलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077