Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने - नेपाली जनताको चाहानालाई सम्मान गर्छौं

प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने - नेपाली जनताको चाहानालाई सम्मान गर्छौं

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् ।

अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो पहिलो औपचारिक भेटवार्ता भएको हो ।

भेटमा राजदूत सोङले चीनले सदैव नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । परराष्ट्र मन्त्रालयका अनुसार उनले असल छिमेकीको नाताले नेपाली जनताको चाहनालाई सम्मान गर्ने र सरकारलाई आवश्यक परेको अवस्थामा सहयोग गर्न चीन तत्पर रहेको स्पष्ट पारे ।

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भने, ‘आगामी दिनमा पनि सहयोग गर्नेछौं। सरकारलाई के आवश्यक पर्छ, असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077