Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विदेशमा रहेका नेपालीले समानुपातिकमा भए पनि मतदान गर्न पाउनैपर्छ : गृहमन्त्री अर्याल

विदेशमा रहेका नेपालीले समानुपातिकमा भए पनि मतदान गर्न पाउनैपर्छ : गृहमन्त्री अर्याल

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्ने अधिकार पाउनुपर्नेमा जोड दिएका छन् ।

उनले सर्वोच्च अदालतले यसअघि दिएको आदेशलाई कार्यान्वयन गर्दै आगामी निर्वाचनमा यो व्यवस्था सम्भव बनाउन आफू कटिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

निर्वाचन आयोगमा बिहीबार आयोजित छलफलमा सहभागी हुँदै मन्त्री अर्यालले समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि विदेशस्थित नेपालीलाई मतदान गर्न दिने माग बढेको उल्लेख गरे ।

उनले भने, “विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो, यसलाई सम्भव बनाउनैपर्छ । सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हुनेछ ।”

उनले प्राविधिक समस्या रहेको मुलुकमा समेत जहाँ सम्भव हुन्छ त्यहाँ राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077