Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एकलाख घुससहित डुंगेश्वरका लेखा अधिकृत कार्की पक्राउ

एकलाख घुससहित डुंगेश्वरका लेखा अधिकृत कार्की पक्राउ

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ।

दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीलाई बिहीबार पक्राउ गरेको हो।

आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मंगलगडी चोकबाट पक्राउ गरेको हो ।

सडक स्तरोन्नतीको बिल भुक्तानीका लागि उनले ठेकदारसँग एक लाख रुपैयाँ घुस लिएका हुन्।

यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति:- मिति २०८२।०६।०३ गते ।

जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत वापत रू.१,००,०००।– (एक लाख रुपैयाँ) माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको संयुक्त टोलीले निज लेखा अधिकृत टंक बहादुर कार्कीलाई सेवाग्राहीसँग रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ९, मंगलगडी चोकबाट मिति २०८२।०६।०२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077