Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता

अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता

शुक्रवार , आश्विन ३, २०८२

एजेन्सी । रुस र भियतनामले सम्भावित अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका खुलासा भएको छ ।

समाचार संस्था एपीले प्राप्त गरेको आन्तरिक भियतनामी कागजात अनुसार दुई देशबीच संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको हो  ।

यस योजनाअन्तर्गत भियतनामले रुसबाट लडाकू विमान, ट्याङ्क जहाज ऋणमा लिएको र साइबेरियामा रहेको संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको खबरमा उल्लेख छ ।

अमेरिकाले दक्षिणपूर्व एशियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077