काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन् ।
शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले यस्तो बताएकी हुन् ।
उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन् ।
उनीहरू बस्ने भौतिक संरचनाहरू बनाउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन् । उनले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताइन् ।
शान्तिपूर्ण ढंगले आफ्ना मागहरू राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेनजीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको उनको भनाई छ । यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने उनको माग छ ।