Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकको अवरोध हटाउने प्रयास असफल, पन्छाउने काम अब भोलिमात्रै

मुग्लिन–नारायणगढ सडकको अवरोध हटाउने प्रयास असफल, पन्छाउने काम अब भोलिमात्रै

शनिवार , आश्विन ४, २०८२

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको ठुलो पहिरो पन्छाउने काम स्थगित गरिएको छ।

लगातार पहिरो खसिरहेका कारण अब पन्छाउने काम आइतबार बिहान मात्र सुरु गरिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार साँझ ६ बजेदेखि सुरु भएको पहिरो खस्ने क्रम शनिबार बिहानसम्म निरन्तर जारी रह्यो । शनिबार बिहान थप ठूलो पहिरो खस्दा करिब १०० मिटर सडक पूर्णरूपमा अवरुद्ध भएको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए।

उनका अनुसार रातभर पटक–पटक खसेको पहिरोले सडक सफा गर्ने प्रयास असम्भव बनेको हो । अब भोलि बिहान उज्यालो भएपछि मात्र काम सुरु हुनेछ । सडक बन्द हुँदा यात्रुहरू रातभर सडकमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077