Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो ।

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077