काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएको छ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।
यसअघि यो मन्त्रालयको कार्यभार गृहमन्त्री ओमप्रकाश अर्यालकै जिम्मामा थियो।
सिन्हा २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उनले ६५ वर्षे उमेर सीमा पुगेपछि २०८० कात्तिक १४ गते अवकाश लिएका थिए।