Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माओवादीको कार्यवाहक नेतृत्व नारायणकाजीलाई दिन जनार्दनको प्रस्ताव

माओवादीको कार्यवाहक नेतृत्व नारायणकाजीलाई दिन जनार्दनको प्रस्ताव

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले महाधिवेशनसम्म पार्टीको कार्यवाहक नेतृत्व वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

आइतबार पार्टी कार्यालयमा बसेको जेनजी विद्रोहपछिको पहिलो पदाधिकारी बैठकमा शर्माले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे व्यापक दस्तावेज पेश गर्दै नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्न अबको बाटो तय गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले जेनजी आन्दोलनले भ्रष्ट राजनीति, नेतातन्त्र, दलाली र कमिसन तन्त्र मात्र नभई परिवारवाद र वैभवशाली जीवनशैलीको संस्कृतिलाई पनि कठोर प्रहार गरेको उल्लेख गर्दै, पार्टीले आत्मआलोचना गर्नुपर्ने र जनतासँग पश्चाताप गर्नुपर्ने बताए। उनले आन्दोलनलाई समस्या मात्र नभई समाधानको बाटोका रूपमा लिनुपर्ने धारणा राखे।

उनको प्रस्तावअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारीले राजीनामा दिँदै महाधिवेशनसम्म कार्यभार नारायणकाजीलाई दिनुपर्नेछ र त्यसपछि नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गरिनेछ ।

प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिला, दलित, अल्पसंख्यक र उत्पीडित समुदायको नेतृत्व विकास, सहिद परिवार र अपाङ्ग योद्धाको व्यवस्थापन, पुनर्निर्माणमा स्वयंसेवक परिचालन र भ्रष्टाचारमुक्त पार्टी बनाउन स्वतन्त्र छानबिन आयोग गठनजस्ता विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077