काठमाडौं । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बन्न आग्रह गरेका छन् । सोमबार
बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाललाई विदेशीको खेल मैदान बनाउने प्रपञ्चका विरुद्ध चनाखो बन्न भन्दै सबैलाई यस्तो आग्रह गरेका हुन् ।
'नेपाललाई विदेशीको खेलमैदान बनाउने प्रपञ्चका विरुद्ध चनाखो बनौं,' उनले भने, 'नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बनौं।'
यस्तै श्रेष्ठले भदौ २३ को नरसंहार किन गरेको भन्दै ओली र लेखक-एमाले र कांग्रेससँग जवाफ समेत माग गरेका छन्। साथै भदौ २४ को विध्वंस र उत्पात किन गरेको, कसले दिने हो जवाफ भन्दै कसले लिने हो जिम्मेवारी भनी प्रश्न समेत गरे।
'भदौ २३ को त्यत्रो नरसंहार किन गरेकोरु ओली र लेखक-एमाले र कांग्रेस जवाफ देऊ,' उनले लेखेका छन्, 'भदौ २४ को त्यत्रो विध्वंस र उत्पात किन गरेकोरु कसले दिने हो जवाफरु कसले लिने हो जिम्मेवारी ?'
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नवीन समझदारी गर्न आह्वान पनि उनले गरेका छन्।