Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

सोमवार , आश्विन ६, २०८२

चितवन । लगातारको अवरोधपछि मुग्लिन–नारायणगढ सडक सोमबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

गत शुक्रबार परेको पहिरोका कारण सडक अवरुद्ध भएपछि आइतबार अपराह्नदेखि एकतर्फी मात्र आवागमन सम्भव भएको थियो ।

तुइन खोला पुल नजिकको पहिरो पूर्णरूपमा हटाएपछि सोमबार दिउँसो १ बजे सडक बन्द गरी सफाइ गरिएको र साँझ ६ बजेदेखि सवारी आवागमनलाई दुवै तर्फ खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

सडक डिभिजन प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार उक्त क्षेत्रको भौगोलिक अवस्था कमजोर भएकाले लगातार पहिरो खस्ने जोखिम कायम छ । टुक्रे चट्टानका कारण पनि त्यहाँ बारम्बार समस्या आउने गरेको उनले बताए ।

दुईतर्फी सञ्चालनमा आएपछि यात्रु र मालवाहक सवारी साधनको सहज आवागमन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077